भारतीय गायकमाथि स्टेजमै आक्रमण

भारतीय गायकमाथि स्टेजमै आक्रमण

भारतीय गायक कैलाश खेरमाथि कर्नाटकमा भएको एक लाइभ कन्सर्टमा आक्रमण भएको छ । गीत गाइरहेका उनलाई स्टेजमै आक्रमण भएको हो । गत बिहीबार भएको कन्सर्टमा कैलाशमाथि दुई अज्ञात व्यक्तिले बोतल प्रहार गरेका थिए । आकस्मिक आक्रमणपछि प्रहरीले तुरुन्तै ती दुई व्यक्तिलाई पक्राउ गरेको थियो ।

कैलाशले उत्सवको समापन समारोहका समयमा केवल हिन्दी गीतमात्र गाएका थिए । उनले एउटा पनि कन्नड गीत गाएनन् । जसकारण त्यहाँ उपस्थित दर्शक निराश थिए । त्यहि मौकामा दुई स्थानीय प्रदीप र सुरह नामका व्यक्तिले गीत गाइरहेका कैलासलाई बोत्तलले हानेको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीले प्रदीप र सुरहलाई पक्राउ गरेर बयान लिइसकेको छ । यद्यपि यो मामलामा हालसम्म कैलाश र उनको टिमबाट आधिकारिक धारणा बाहिर आएको छैन ।

टिप्पणीहरू