मेयर साबको र्‍याप ब्याटल

मेयर साबको र्‍याप ब्याटल

र्‍याप गाएर चुनाव जित्नुभएका बालेन साह मेयर भइसक्दा पनि र्‍यापरबाट मुक्त हुन सक्नुभएको रहेनछ । उहाँ अझै र्‍यापर नै हुनुहुन्छ । पहिले सडक बजारतिर र्‍याप हान्नुहुन्थ्यो, अहिले महानगरपालिकाको कार्यालयमा बसेर र्‍याप हानिरहनुभएको छ । अब भर्खरै पनि हेर्नोस्, उहाँ एउटा र्‍याप ब्याटलमा सहभागी हुनुभयो । एउटा र्‍याप ब्याटल हामीले पहिले पनि हेरेका थियौँ । बडो छाडा हुने रहेछ । त्यो छाडापन अहिले पनि कायम छ । एउटा टेलिभिजन प्रस्तोतासँग उहाँको ब्याटल चलेको रहेछ । ब्याटल यस्तो थियो :

प्रस्तोताको प्रश्न–

क्या हो बालेन, काम केही छैन कि ?
डोजर हान्ने ड्युटी तिम्रो हैन कि?
जनताको भोटले जित्या हौ तिमी त
जित्नासाथै अब जनता चाहिन्न कि ?

बालेनको उत्तर–

पैसा कमाउन आएको तँ मुला

दारु खाएर नगर् कुरा तँ ठूला
राजु पाण्डे चिन्याछस् होला नि
पठ्याइदिऊँ कि पस्नुपर्ला तँ दुला ।
मेयर साबको यो र्‍याप ब्याटल यसरी नै अलि तन्काउने हो भने कमेडी शोको एक अंकलाई त पुग्छ होला नि, कि कसो ?
 

टिप्पणीहरू