जब पासपोर्ट बन्द भयो

जब पासपोर्ट बन्द भयो

राहदानी विभागले दुई चार दिन पासपोर्ट के बन्द गरेको थियोे, देशमा त भुइँचालै आएजस्तो हल्लाखल्ला भयो । छपाइको सिष्टम बिग्रिएर पासपोर्ट रोकियो भन्ने बित्तिकै गृहमन्त्री अत्तालिए । प्रधानमन्त्रीले त टीम नै पठाएर बुझ्न लगाए । 

देशमा बेलाबेला यस्तो केही न केही बन्द भइरहेकै हुन्छ । कहिले मल बन्द हुन्छ । कहिले पेट्रोल बन्द हुन्छ । कहिले बिजुली बन्द हुन्छ । कहिले नाका बन्द हुन्छ । कहिले त नेपालै पनि बन्द हुन्छ । तर यस्तो कुनै पनि बन्दमा सरकारले त्यति चासो देखाएको पाइँदैन जति कि पासपोर्ट बन्दमा देखायो ।

नेपालमा हरेक वर्ष जब धान रोप्ने बेला हुन्छ, तब मल बन्द हुन्छ । तर कृषिप्रधान देश नेपालका कुनै पनि प्रधानमन्त्रीले आजसम्म मल बन्दमा कहिल्यै चासो देखाएको हामीलाई थाहा छैन । अहिले पासपोर्ट बन्द हुँदाचाहिँ सरकारलाई यस्तो लाग्यो मानौं देशको सासै बन्द भएको छ । 

देशमा मल नभए पनि केही हुँदैन, बिजुली नभए पनि केही हुँदैन तर पासपोर्ट भएन भनेचाहिँ धेरै हुँदो रहेछ । कारण थाहा छ ? यसो गर्दा युवालाई खबरदार गर्ने युवालाई विदेश पठाएर पैसा तान्न पाइन्छ । बुझ्नुभयो होइन कुरो पैसाको जो छ ?
 

टिप्पणीहरू