राष्ट्रपतिद्वारा राजाको शालिकमा माल्यार्पण (फोटो फिचर)

राष्ट्रपतिद्वारा राजाको शालिकमा माल्यार्पण (फोटो फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले शाहवंशीय राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सिंहदरबारअगाडि रहेको पृथ्वीनारायणको शालिकमा माला लगाइदिनु भएको हो । 

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति र संस्था, नेपाली सैनिकसहितको सहभागिता थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरुले आज विविध कार्यक्रमका साथ धुमधामले पृथ्वी जयन्ती मनाइरहेका छन् । राप्रपाले दिउँसो भृकुटीमण्डपमा चियापान कार्यक्रम राखेको छ ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

टिप्पणीहरू