प्रभुले सेञ्चुरी गाभ्यो, एकीकृत कारोबार सुरु

प्रभुले सेञ्चुरी गाभ्यो, एकीकृत कारोबार सुरु

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभेपछि प्रभु बैंकको नाममा आजदेखि एकीकृत कारोबार सुरु भएको हो । 

दुबै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो । यसअघि ती बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गरेका थिए । प्रभु बैंकले सेञ्चुरी बैंककोे एक कित्ता बराबर एक कित्ता सेयर स्वाप रेसियोमा मर्ज गरेको । अब सेञ्चुरीको एक सय कित्ता सेयर हुनेले प्रभुको नाममा पनि एक सय कित्ता नै सेयर पाउनेछन् ।

चुक्ता पुँजी १३ अर्ब ५३ करोड भएको प्रभुमा १० अर्बको सेञ्चुरी मर्जपछि आजदेखि प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।

टिप्पणीहरू