जसको कुनै विश्वास छैन

जसको कुनै विश्वास छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिनुहुने भएको छ । सुनिन्छ, पुस २६ गते उहाँले विश्वासको मत लिँदै हुनुहुन्छ । यसको अर्थ त यही भयो कि उहाँलाई आजको मितिसम्म विश्वासको मत प्राप्त भएको छैन । अर्थात् अहिलेसम्म कसैले विश्वास गरेको छैन । उहाँ प्रधानमन्त्री त बन्नुभयो । तर विश्वास कसैले गरेको छैन ।

शायद कसैले विश्वास नगरेकै कारणले होला, उहाँले अहिलेसम्म विश्वासको मत पनि पाउनुभएको छैन । पुस २६ गते उहाँ त्यही विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । 

भन्नाले पुस २६ गते एउटा यस्तो मान्छेले विश्वासको मत लिँदैछ जसको कुनै विश्वास छैन । जसको कुनै विश्वास छैन त्यसैले विश्वासको मत लिने ? अस्ति नयाँ सरकार बनाउने टाइममा देखिहालियो, उहाँको कुनै विश्वास हुन्न भन्ने कुरा । उहाँ यता एउटा कुरा गर्नुहुन्छ, उता फेरि अर्कै कुरा गर्नुहुन्छ । एउटासँग एउटा कुरा, अर्काेसँग अर्कै कुरा । कहाँ कोसँग कस्तो कुरा गर्नुहुन्छ कुनै विश्वास छैन ।

यस्तो विश्वासै नभएको मान्छेले पनि विश्वासको मत पाउने रे ! जसको कुनै विश्वास छैन उसैले विश्वासको मत लिने अनौठो चलनको नामै पो कतै राजनीति होइन ?
 

टिप्पणीहरू