राजश्व चुहावट बढेको बढ्यै,बैठकमा चिन्ता गरेको गर्यै

राजश्व चुहावट बढेको बढ्यै,बैठकमा चिन्ता गरेको गर्यै

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बसेको छ । बैठक हिजो बिहान ११ बजेदेखि साढे दुई घण्टासम्म मन्त्रालयमा बसेको हो ।

बैठकमा राजश्व घटेको बारेमा पावर प्वाइन्ट  प्रेजेन्टेसन गरिएको थियो । मुख्यगरी नीतिगत सुधार गर्नुपर्ने विषयमा सहभागीहरुले जोड दिएको बताइन्छ । सरकारी कर्मचारी र सुरक्षा निकायको संयुक्त टोली बनाएर भन्सारलगायतको स्थलगत निरीक्षण गर्ने सहमति भएको बताइएको छ ।

राजश्व चुहावट भन्सारमा मात्रै नभएको थाहा हुँदाहुँदै पनि सहभागीहरुले मुख खोलेर त्यसबारे आफ्ना कुरा नराखेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । यसअघिको सरकारले राजश्व लक्ष्यअनुुरुप नउठाएकोमा सबै सहमत  थिए । 

बैठकमा गृहसचिव विनोदप्रकाश सिंह,अर्थ मन्त्रालयका राजश्व सचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायतको उपस्थिति थियो ।

टिप्पणीहरू