बिराटनगरका भुस्याहा कुकुर कोही पनि नबच्ने

बिराटनगरका भुस्याहा कुकुर कोही पनि नबच्ने

बिराटनगरमा कुकुरलाई बन्ध्याकरण तथा रेविजविरुद्वको खोप कार्यक्रम आजबाट शुरुवात गरिएको छ । बिराटनगर इपमहानगरपालिकाको सहयोगमा सहारा एनिमल केयरले बिराटनगर १९ बाट यो कार्यक्रमको सुरुवात गरेकोे हो ।

शहरमा कुकुरको संख्या बढ्दै जाँदा सडक दुर्घटना हुने र धेरै रोग फैलाउनेजस्ता अनेक समस्या उत्पन्न हुन थालेपछि बन्ध्याकरण र खोप कार्यक्रमलाई अगाडि सारिएको पशु चिकित्सक शुभनारायण यादवले जनआस्थालाई बताउनुभयो।

अहिले तत्काल चार सय कुकुरलाई बन्ध्याकरण गरी बाँकीलाई भने बजेट व्यवस्थापन भएपछि पुन: गरिने यादवको भनाइ छ।

टिप्पणीहरू