क्यारी अब बालेनले गुन लाउनी, सुकुम्वासी ५ तोला सुन लाउनी

क्यारी अब बालेनले गुन लाउनी, सुकुम्वासी ५ तोला सुन लाउनी

अहिले सुकुम्वासी भन्ने शब्दको खास अर्थ नै शब्दकोशको भन्दा फरक भएको छ। 

शव्द फरक बनाएको कुनै विज्ञ वा विदले चाहिँ होइन । आइतवार सुकुम्वासी बस्तीमा डोजर लागेपछि म सुकुम्वासी हुँ भन्दै गला र हातमा सुनले झकिझकाउ भएर उत्रिनेहरुले सुकुम्वासी बस्ती भत्काउन मिल्दैन । हामी के खानी, कहाँ गएर बस्नी भन्दै उफ्रिरहेका नक्कली सुकुम्वासीहरुको गला र हातमा सुनका सिक्री र ब्रासलेटहरु पनि चमक दिँदै उफ्रिरहेको थियो ।

'सक्कली सुकुम्वासीको कहाँ हैसियत हुन्छ ? हातमा सुनका ब्रास्लेट, गलामा सुनका सिकृले झकिझकाउ भएर सिरुपाते खुकुरी उठाउने थापाथली घर भएको कृष्ण कटुवाल भन्नुहुन्छ- सुकुम्वासीको बहानामा हुकुम्वासी अघि सर्दै आन्दोलन गरेको फोटो देखाउँदै कटुवाल ब्यङ्ग्य गर्दै भन्नुहुन्छ; 'यो अहिले आएको एउटा टिकट्क गीतसङ्ग मेल खान्छ। "क्यारी अब बालेनले गुन लाउनी,सुकुम्वासीबासी पाँच तोला सुन लगाउनी"

साँच्चै सामाजिक सञ्जालमा देखिएका नक्कली सुकुम्वासीलाई अब बालेनले कसरी गुन लगाउलान् त भन्ने चासोको विषय बनेको छ ।

टिप्पणीहरू