सर्वोच्चमा रातो रंग छ्याप्नेका श्रीमानद्वारा भाइमाथि धम्की

सर्वोच्चमा रातो रंग छ्याप्नेका श्रीमानद्वारा भाइमाथि धम्की

-क्षितिज सर्गम

न्याय नपाएको चोटमा छट्पटाई रहेकी बिनु यादवमाथि एकपछि अर्को यातना भएको बताइन्छ । उनलाई श्रीमानले सामाजिक सञ्जालबाट समेत धम्काएको जानकारी दिइएको छ । दिदीको पछिल्लो अवस्थाबारे छिमेकी भाइले आफ्ना कुरा राख्दा श्रीमान प्रदीप कठायतले ‘तेरी स्वास्नी हो ? किन बोलिस् ?’ भन्दै धम्क्याएको उनले बताए ।

सोलुखुम्बूकी बिनुले न्याय नपाएको भन्दै सर्वोच्च अदालतको गेटमा हिजो बिहान रातो रङ फ्याँकेर विरोध जनाएकी थिइन् । उनले आफूमाथि श्रीमानले अनेकौं दुर्व्यवहारका साथै घरेलु हिंसा गरेको विषयमा उजुरी दिँदा कतैबाट पनि न्याय नपाएपछि सर्वोच्चको गेट अगाडि रातो रङ फालेर विरोध जनाएकी थिइन् ।

उनलाई प्रहरीले लगत्तै पक्राउ गर्यो । पक्राउपछि बिनुका छिमेकी भाइ अतुल कार्कीले सामाजिक सञ्जालमा लेख्दै रिहाइको माग गरे । तर,कार्कीले त्यस्तो लेख्नेबित्तिक्कै बिनुका आरोपित श्रीमान प्रदिपले ‘किन लेखिस् ? तेरो स्वास्नी हो ?’ भन्दै म्यासेन्जरबाट धम्काएको कार्कीले बताए ।

न्याय नपाएर छट्पटाइरहेकी दिदीको बारेमा बोल्दा प्रदीपले धम्काएको विषयमा उनले भने, ‘बिनुलाई कतिसम्म पिल्साएर राखिएको छ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ ।’

टिप्पणीहरू