सिमरा उडेको बुद्धको जहाजमा समस्या, आकाशबाटै फिर्ता

सिमरा उडेको बुद्धको जहाजमा समस्या, आकाशबाटै फिर्ता

काठमाडौंबाट सिमराको लागि उडेको बुद्ध एयरको जहाज त्यहाँ अवतरण नगरेर फिर्ता भएको छ । अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाजमा प्राविधिक खराबी देखिएपछि काठमाडौं फिर्ता भएको हो ।

पाइलटले ‘इन्डिकेटर’ मा समस्या देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता ल्याउने निर्णय गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौंमा भने इमर्जेन्सी घोषणा नगरेर सामान्य अवस्थामै जहाज अवतरण गरिएको थियो ।

बुद्धको बीएचए ५५५ उडान नम्बर रहेको जहाज काठमाडौं अवतरण भएपछि अर्को जहाजबाट यात्रुलाई सिमरा पठाइएको छ । जहाजमा ७० जना यात्रु सवार थिए ।

टिप्पणीहरू