आयोजनाको ठेक्का तोड्ने चेतावनी

आयोजनाको ठेक्का तोड्ने चेतावनी

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले अलपत्र पारिएका ठेक्का सबै तोड्ने चेतावनी दिएको छ । आयोजनाले काठमाडौँ उपत्यकाका अलपत्र पारिएका पाँच वटा ठेक्का तोड्ने चेतावनी दिएको छ । 

कंलकी–नागढुंगा, चाबहिल–जोरपाटी–साँखु सडक विस्तारअन्तर्गतका तीन वटा ठेक्का र नख्खु खोला–भैंसेपाटी–बुंगमती सडक विस्तारको ठेक्का लिएका ठेकेदारहरुलाई चेतावनी दिइएको हो । ठेक्का लिने र अलपत्र छाड्ने ठेकेदारहरुलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन आयोजनाले अल्टिमेटम दिएको छ । 

कंलकी–नागढुंगा सडक विस्तारको ठेक्का शर्मा-शैलुङ कान्छाराम जेभीले लिएका हुन् । चाबहिल–जोरपाटी–साँखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स इञ्जिनियर्स प्रालिले लिएको छ । दोस्रो ठेक्का बज्रगुरु-छयांमिला-खानी जेभीले लिएका हुन् । 

त्यस्तै, अर्को ठेक्का बज्रगुरु-बिरुवा-खानी जेभीले लिएका छन् । नख्खु खोला–भैंसेपाटी–बुंगमती सडकको ठेक्का आशिष-बिरुवा-सिएम जेभीले लिएको बताइन्छ ।

टिप्पणीहरू