चुनावको चटारोमा गाँजा वारपार,केही पक्राउ-केही फरार

चुनावको चटारोमा गाँजा वारपार,केही पक्राउ-केही फरार

अवैध लागुऔषध गाँजासहित धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिसापानीबाट तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पृथ्वी राजमार्ग हुँदै काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ७३९६ नम्बरको ट्रकलाई चेकजांच गर्दा ट्रकभित्र रहेको जेब्रा झोलामा ६ किलो गाँजा फेला परेको हो । 

ट्रकमा लुकाईछिपाई बोकेको अवैध लागुऔषध गाँजासहित ट्रक चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय तिलबहादुर थारुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । 

ट्रकमा गाँजा हालेर मोटरसाइकलमा गुडेका दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा गाँजा पठाएर आफू मोटरसाइकलमा हिड्ने धादिङ गल्छी गाउँपालिका -६ का २३ वर्षीय  बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ का २५ वर्षीय सुनिल तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले बिमल र सुनिलले प्रयोग गरेको बा.प्र.०२-०३१ प०६८० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो । ट्रक चालकसहित पक्राउ परेकाहरुको अनुसन्धान भैरहेको नायव उपरीक्षक खत्रीले जानकारी दिए।

टिप्पणीहरू