उत्तर कोरियाली नेताकी छोरी पहिलो पटक सार्वजनिक

उत्तर कोरियाली नेताकी छोरी पहिलो पटक सार्वजनिक

उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन् । मुलुकको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपण निरीक्षणका क्रममा छोरी सार्वजनिक भएकी हुन् । 

उत्तर कोरियाली सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको तस्बिरमा सेतो ज्याकेट लगाएकी छोरीलाई नेता किमले हात समाएको देखिन्छ । बाबु छोरीले सैन्य हतियार अवलोकन गरेको बताइन्छ । 

सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले हिजो अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल ह्वासोङ–१७ परीक्षण गरेको हो । किमकी छोरीको नाम भने सार्वजनिक गरिएको छैन ।
 

टिप्पणीहरू