सिटिजन्स बैंकद्वारा च्याटबट सेवा प्रारम्भ

सिटिजन्स बैंकद्वारा च्याटबट सेवा प्रारम्भ

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथीको’ शुरु गरेको छ । अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाको अनुरोध सोझै च्याटबटबाट गर्न सकिने बैंकले जानकारी दिएको छ ।

ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाको लागि यो प्लेटफममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । ग्राहकमैत्री हुनुका साथै यो सेवा ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभर रहेका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट झण्डै १४ लाख ९० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

टिप्पणीहरू