राष्ट्रपति भण्डारी डिस्चार्ज

राष्ट्रपति भण्डारी डिस्चार्ज

कोरोना सङ्क्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा सुधार आएपछि उहाँ आज दिउँसो पौने १ बजे डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

अस्पतालका अनुसार राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य रहेका छन् । रुघाखोकी र ज्वरो आएपछि असोज २२ गते उहाँलाई त्रिवि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यसक्रममा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।

उहाँको उपचार डा. नीरज बम नेतृत्वको चिकित्सक टोलीले गरेको हो ।

टिप्पणीहरू