दशैंसँगै सडक दुर्घटना : आठको मृत्यु, सबैको सनाखत

दशैंसँगै सडक दुर्घटना : आठको मृत्यु, सबैको सनाखत

सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै ज्यान गएको छ । राप्ती राजमार्गअन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३, मूलपानीमा आज बिहान साढे ३ बजे दुर्घटना भएको हो ।

बाँकेको कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा. १ ज ५६३ नम्बरको जीप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार दुर्घटनामा जीप चालक कपुरकोट गाउँपालिका–६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहरा, स्थानीय ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको ज्यान गएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको बताइएको छ ।

नौ जना सवार जीप तीब्र गतिका कारण सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू