चिप्लिएर खोलामा खसेका शिक्षकको सकुशल उद्धार

चिप्लिएर खोलामा खसेका शिक्षकको सकुशल उद्धार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को ठाडो खोलामा नुहाएर फर्कने क्रममा चिप्लिएर बगेका शिक्षकको सकुशल उद्धार गरिएको छ । दोलखाको कालिञ्चोक–३ स्थायी घर भएका ३७ वर्षे केशव सिवाकोटी आज बिहान स्थानीय ठाडो खोलाको खोँचमा फेला परेका हुन् ।

हिजो बगेका उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी शिव बुढाथोकीले जानकारी दिए । सिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहे पनि थप उपचारको निम्ति काठमाडौँ ल्याउने तयारी छ ।

टिप्पणीहरू