युवराज पारसमाथि ढुंगामुढा हुँदा कारबाही भोग्ने म
काठमाडौँ जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आइरहेको बेला मिति २०६२ साल मंसिर १६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ सडकमा नेकपा (एमाले)ले आयोजना गरेको आमसभा भई सम्पन्न भइसकेको थियो । यसैबीच, विदेशबाट फर्किरहनुभएका राजा ज्ञानेन्द्रको स्वागतका लागि त्रिभुवन विमानस्थल जाँदै गर्दा युवराज पारसमाथि बानेश्वर–मीनभवन सडक खण्डमा ढुंगा बर्साउने काम भयो । एमालेको पूर्वघोषित उक्त कार्यक्रम सो स्थानमा गर्न नदिन विभिन्न चरणमा बैठक…