विदेश गएका कृषिमन्त्री १० दिनमा, मुख्यमन्त्रीको पाँच दिनमा आगमन
कृषि, पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी १० दिनपछि स्वदेश फर्कनुभएको छ । उहाँ मेक्सिकोमा आयोजित कृषिसम्बन्धी दुईपक्षीय तथा बहुपक्षीय कार्यक्रममा सहभागी भएर आज अपरान्ह साढे ४ बजे दुबई हुँदै काठमाडौं आइपुग्नुभएको बताइएको छ ।
कृषि मन्त्रालयका सहसचिवहरु, हरिबहादुर केसी,रामकृष्ण श्रेष्ठ,वरिष्ठ अधिकृत रोशन अधिकारी र अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल पनि मन्त्री अधिकारीसँगै फ्लाई दुबईको उडान नम्बर एफजेड ८६३९ मा फर्केका हुन् । टोली कात्तिक २१ देखि २७ गतेसम्म मेक्सिकोमा आयोजित कार्…