थुन्ने म्याद किन थपेको थप्यै श्रीमान ?
सहकारी ठगीको आरोपमा समातिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने २८ दिनदेखि थुनामा छन् । गत कात्तिक २ गते बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका र सोही रात पोखरा पुर्याइएका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शन सहकारीको बचत हिनामिनाको आरोपमा चौंथो पटक म्याद थप गरी लामिछानेमाथि अनुसन्धान चलिरहँदा रास्वपा भने सडक प्रदर्शनमा छ । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध …