दुर्घटना

कोरिया पुगेका सुर्खेतका युवक सुतेकै ठाउँमा बिते

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको ज्यान गएको छ ।  वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, घुस्राका ३० वर्षीय अमर बुढामगरको सुतेकै ठाउँमा निधन भएको बताइएको छ । दक्षिण कोरियास्थित नेपाली समाजले दिएको जानकारी अनुसार कम्पनीको होस्टेलमा सुतेकै स्थानमा मगरको निधन भएको हो ।  भाषा परीक्षा उतीर्ण गरेर कोरिया पुगेका उनको घरमा श्रीमती र छोराछोरी छन् ।

Page 59 of 114