कांग्रेसी सांसदको घरमा क्वारेन्टाइन

कांग्रेसी सांसदको घरमा क्वारेन्टाइन

ठेक्कापट्टा गर्दागर्दै कांग्रेसी कोटाबाट फ्याट्ट माननीय बनेका मोहन आचार्यले गाउँपालिको बजेट लगेर आफ्नै निवासमा खन्याए र घरमै क्वारेन्टाइन निर्माण गरेसँगै विवाद उत्पन्न भएको छ ।

कांग्रेस सांसद मोहन आचार्य

नेपालमा समेत कोरनाका संक्रमित देखिन थालेसँगै सरकारले सजगता अपनायो र हरेक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्ने निर्णय ग¥यो । सोही निर्णयअनुसार जिल्ला विपत्ति समिति रसुवाको बैठक बस्यो गत ९ चैतमा । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको संयोजकत्वमा बसेको बैठकमा पाँचवटै गाउँपालिकाका अध्यक्षलगायत पदाधिकारीको उपस्थिति थियो । निर्णय भएको थियो– रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा दुईवटा क्वारेन्टाइन निर्माण गर्ने । क्वारेन्टाइन निर्माणका लागि स्थान छुट्टाइएको थियो– डाडागाउँ मावि र नीलकण्ठ मावि । तर नीलकण्ठ माविको विषयमा विवाद उत्पन्न भएसँगै सहकारी भवनमा क्वारेन्टाइन निर्माण गर्न सहमति जुट्यो । त्यसका लागि १५ लाख बजेट गाउँपालिकाले विनियोजन गर्ने भयो ।

अन्य गाउँपालिकाले तोकिएकै ठाउँमा क्वारेन्टाइन निर्माण गरे । उत्तरगया गाउँपालिकाको डाडाँगाउँमा समेत क्वारेन्टाइन निर्माण भयो तर अर्काे स्थान सहकारी भवनमा निर्माण गर्नुपर्ने क्वारेन्टाइन प्रतिनिधिसभाका ठेकेदार सांसद मोहन आचार्यको घरमा निर्माण भएसँगै यस्ले विवादको उग्र रुप लिएको छ । क्वारेन्टाइन निर्माणजस्तो संवेदनशील विषयमा समेत मोहन आचार्यले राजनीति मिसाएको भन्दै अहिले जिल्लामा तीव्र विरोध भइरहेको छ । उनले मापदण्डविपरीत एउटै कोठामा आठ वडासम्म बेड राखेको पाइएको छ । त्यहाँ तीनवटा कोठामा २१ वडा बेड राखेर क्वारेन्टाइन निर्माण गरिएको हो ।

जबकि क्वारेन्टाइनको मापदण्डअनुसार बेडहरुबीचको दुरी कम्तीमा तीन फिट पर हुनुपर्छ । यो विषयमा प्रमुख जिल्ला अधिकारीसँग जिज्ञासा राख्दा माथि कांग्रेसी झण्डा, तल सरकारी लोगो राखेर क्वारेन्टाइन निर्माण गर्नु जायज नभएको र यो जिल्ला विपत्त समितिको बैठको निर्णयभन्दा बाहिर गएर कार्यान्वयन गरिएको कारण यसलाई सच्चाउन आफूले निर्देशन दिइसकेको जनआस्थासँग सुनाए ।

यसरी मोहनको घरमा क्वारेन्टाइन निर्माण गर्न अग्रसर हुने चाहिँ त्यही गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्साल हुन् । उनी कांग्रेसी हुन् ।

टिप्पणीहरू