पत्रकार महासंघकी उपाध्यक्षले त्यागिन् पद

पत्रकार महासंघकी उपाध्यक्षले त्यागिन् पद

 

नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले पदबाट राजीनामा दिएकी छन् । नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएकाले आफूले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेकी छन् ।

गत चैतमा आफूलाई मतदान गरेका सम्पूर्ण मतदातालाई आभार व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको बताएकी हुन् । महासंघको विधान र पत्रकार आचारसंहिताको पालना गर्नु आफ्नो प्रमुख कर्तव्य रहेको हेक्का भएको उल्लेख गर्दै लेखेकी छन्, ‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु । म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर ।’

उनी ओखलढुंगाबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएकी छन् ।

टिप्पणीहरू