नेपालको अवस्था बुझ्न चिनियाँ टोली पर्सि आउँदै

नेपालको अवस्था बुझ्न चिनियाँ टोली पर्सि आउँदै

नेपालमा विकसित अप्रत्यासित राजनैतिक घटनाक्रमवारे स्थलगत रुपमै जानकारी हासिल गर्न उत्तरी छिमेकी रास्ट्र चीनबाट यौटा प्रतिनिधि मण्डल नेपाल आउन लागेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा पर्सि आइतबार आउने टोली चार सदस्यीय हुने र चारै दिन काठमाण्डौ बस्ने नेकपा श्रोतले बताएको छ ।

टोलीले बिभाजित नेकपाको दुबै खेमासङ्ग घनिभूत छलफल गर्ने कार्यक्रम छ ।

 

नोट ः यसअघि प्रकाशित भारतीय गृहमन्त्री सम्बन्धी समाचार थप पुष्ट्याईका क्रममा रहेकाले हटाईएको छ । स.

टिप्पणीहरू