वरिष्ठ चिकित्सकले परिचय लुकाउँदा स्वास्थ्यकर्मी र प्रहरीलाई हैरानी

वरिष्ठ चिकित्सकले परिचय लुकाउँदा स्वास्थ्यकर्मी र प्रहरीलाई हैरानी

विराटनगर अस्पतालबाट संकलन गरेर लगेको नमुनामा संक्रमण पाइएकोले पक्कै विराटनगर अस्पतालमा उपचारत बिरामी, कुरुवा, कर्मचारी वा चिकित्सकमध्ये एक जना संक्रमित छ भन्ने शंका बलियो थियो । तर नाम मात्र हैन, मोबाइल नम्बर पनि फर्जी भएकाले स्वास्थ्यकर्मीहरुले पत्ता लगाउन नसकेपछि प्रहरीको सहयोग लिनुपर्यो ।

मोरङ जिल्ला र प्रदेश प्रहरीको अनुसन्धान व्युरो कल टे्सिङ गरेर संक्रमित व्यक्त्ति पत्ता लगाउन बुधबार दिनभरि–रातभरि जुटिरह्याे तर मोबाइल नम्बर नै नक्कली भएकाले सफल हुन सकेनन् । संक्रमित व्यक्त्ति गायब भएपछि स्वाथ्यकर्मी र प्रहरीमा झन् हैरानी थपियो । अब के गर्ने भन्नेबारे प्रदेश सरकार र महानगरपालिकाकाे टिम बैठकमा बस्यो । प्रदेश सरकारको कोरोना उच्च समितिसँग अनुमति माग्यो । र , अन्ततः को व्यक्त्ति हो, त्यो सम्पर्कमा नआए अस्पताल पूरै सिल गरेर कारवाही अगाडि बढाउने चेतावनी दियो ।

विराटनगर अस्पताल प्रशासनले प्रदेश सरकारको अनुमतिमा महानगरपालिकाबाट चेतावनी पाएपछि चाहिँ लौ वर्वाद हुने भो भन्दै बिहिबार दिउँसो हाइड भएका संक्रमित व्यक्त्ति ‘त्यो कोरोना संक्रमित व्यक्त्ति मै हुँ’ भन्दै मोबाइलबाट फोन गरेर सम्पर्कमा आए । त्यसपछि बल्ल हरिबहादुर कार्की भन्ने बिरामी डा. ज्ञानेन्द्र कार्की हुन् भन्ने पृष्टि भयो ।

त्यसपछि विराटनगर महागनरपालिकाले बिहिबार अपरान्ह्र अस्पतालमा कार्यरत कर्मचारी , उपचाररत बिरामी र कुरुवाहरु चिकित्सक सबैको कोरोना परीक्षण र अस्पताल पूरै स्यानिटाइज गर्नुपर्ने भएकाले अनिश्चितकालका लागि विराटनगर मुनालपथस्थित विराट अस्पताल सिज गरेको जानकारी गरायो । कोरोना संक्रमण हुने अस्पतालको विरामी कि चिकित्सक हो भन्ने पत्ता लाग्न नसक्दा शिल गर्नुपर्ने अस्पताल दिनभरि खुला रुपले सञ्चालन भएको थियो । अस्पतालमा दिनभरि बाक्लो भीड थियो । हाल अस्पतालमा स्वाब संकलन गर्ने र सेनिटाइज गर्ने काम भइरहेको छ ।

उपचारमा सक्रृय चिकित्सकलाई नै कोरोना संक्रमण भएको सूचना बाहिर आएपछि अस्पतालमा उपचार गराउने बिरामी र आफन्तहरुमा खैलावैला मच्चिएको छ । डा. कार्की विराटनगर महानगरपालिका २, मुनालपथस्थित विराट नर्सिङहोमले चर्चित विराटनगर अस्पताल मात्र नभएर बुढीगंगा गाउँपालिका २, टंकिसिनवारीमा रहेको उनकै नेतृत्वमा सञ्चालन भैरहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालका अध्यक्ष हुन् । तर उनी मेडिकल कलेजमा गए नगएको भन्ने हिस्ट्री अध्यन भैरहेकोले मेडिकल कलेजको अस्पताल सिज गरिएको छैन ।

निरन्तर सक्रृय रुपले विरामीको उपचारमा खटिँदै आएका कार्कीले उच्च ज्वरो आएर रुघाखोकी समेत लागेपछि फर्जी नाम र मोवाइल नम्बर विवरण भरेर पीसीआरका लागि स्वाब दिएका रहेछन् । उनको चिन्ता आफु विरामी भएँ भन्दा पनि कोरोना संक्रमण भएको खुलेपछि अस्पतालमा बिरामी आउँदैनन् भन्ने धेरै रहेछ । चेतावनीपछि सम्पर्कमा जान बाध्य भएका डा. कार्कीले बयान दिएका छन्, ‘कर्मचारीले कसैले थाहा नपाउन भनेर फर्जी नाम र नम्बर राखेर पठाइदिएछन्, आपतकालमा पनि निरन्तर बिरामीको सेवा गर्दा मैले कोरोना उपहार पाएको हुँ ।’

होम आइसोलेसन बस्न पाउने सुबिधा
अन्य सबै कोरोना संक्रमित विरामीहरु उपचारकालागि कोभिड अस्पतालमा भर्ना गरिएका छन । तर डा कार्कीलाई भने महानगरपालिका र प्रदेश सरकारले होम आइसोलेसनमा बसेर उपचार गराउने छुट दिएको छ । उनले प्रदेश सरकारको कोभिड १९ अस्पतालमा भर्ना भएर उपचार गराउन ईन्कार गरेका छन । प्रदेश १ समाजिक विकास मन्त्रालयका प्रवक्त्त डा सुरेश मेहताले केन्द्रको गाइडलाइन अनुसार नै डा कार्कीलाई होम आइसोलेसनमा बस्ने सुविधा दिएको बताएका छन । गाइडलाइन अनुसार कोरोनाको लक्षण नदेखिएका विरामीलाई होमआइसोलेसनको सुबिधा उपलब्ध गराउन पाइन्छ ।

लकडाउन खुलेपछि विराटनगरका अस्पतालमा विरामीको भीड , सुरक्षा सर्तकता कतै छैन
लकडाउन खुलेपछि विराटनगरका अस्पतालहरुमा विरामीको भीड अचाक्कली बढन थालेको छ ।
विराटनगरमा रहेको सरकारी स्तरको कोशी र निजी ठूला अस्पतालहरुमा विरामीहरुको अचाक्कली भीड बढन थालेको हो ।

भीड बढेपछि अस्पतालमा आउने विरामीरुले कोरोना भाइरस संक्रमण रोकथामकालागि पर्याप्त सुरक्षा सर्तकता अपनाउने गरेका छैनन् । थोरैले मात्र मास्क अनियवार्य प्रयोग गरेका देखिन्छन । तर धेरैले मास्क प्रयोग गर्ने गरेका छैनन् ।

भीडले गर्दा अस्पतालहरुमा समाजिक दुरीको खिल्ली उडेको छ । विराटनगरको नोवेल, विराटनगर, गोल्डेनलगायतका अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ ।

भीडले गर्दा अस्पताल प्रशासनले मास्क र समाजिक दुरी अनिवार्य भनेपनि पालना गराउन सकेका छैनन । कुनै पनि अस्पतालमा सेनिटाइनजर र हातधुने नियम पालना भएको छैन ।

लकडाउन सुरुभएपछि तीन महिनासम्म विराटनगरका अस्पतालहरुमा विरामी नआउदा सुनसान थिए । धेरै विरामीहरुलाई अस्पतालले कोरोना संक्रमणको त्रास देखाउदै भर्ना लिएर उपचार गराउनबाट पनि बंचित गराएका थिए । तर अहिले ह्रारह्रार विरामी आइरहेको बेला सुरक्षा सर्तकतामा अस्पतालहरुले चासो नै देखाएका छैनन् ।

टिप्पणीहरू