‘केही पनि सहमति भएको छैन, कोही पनि तरङ्गित नहुनुहोला’

‘केही पनि सहमति भएको छैन, कोही पनि तरङ्गित नहुनुहोला’

“सहमति केही पनि भएको छैन, साथीहरू वीचको सल्लाहबिना केही हुँदा पनि हुँदैन, तथाकथित सहमतिका नाममा अहिले बाहिर आएका सबै कुरा यसअघि अघिल्लो महिना भयो भनिएको पाँच बुँदे सहमतिजस्तै अर्को फण्डा हो ! यसबाट कोही,कत्ति पनि तरङ्गित नहुनुहोला ! ”

अहिले राती शीतलनिवासबाट निस्केपछि नेकपा अध्यक्ष प्रचण्डले अरु नेतालाई यसरी आश्वस्त तुल्याउनुभएको छ !

“के गर्दा ठीक होला भन्नेमा प्रधानमन्त्रीले आफ्नोतर्फबाट प्रस्ताव राख्नुभएको छ,यो सहमति भैसकेको बिषय होइन,उहाँको प्रस्ताव मात्रै हो,प्रस्तावलाई सहमति भनी प्रचार गरिनुको तुक छैन अनि यस्ता प्रोपोगन्डाबाट तरङ्ग्गित हुने पनि काम छैन”,उहाँको भनाइ छ ! प्रचण्डले थप यो पनि भन्नुभएको छ-कम्तिमा उहाँ छलफलमा आउन त तयार हुनुभयो ! यो चाहिँ सकारात्मक पक्ष हो,अब उहाँका प्रस्तावलगायत बिबिध विकल्पउपर बहश शुरु हुन्छ र बल्ल निश्कर्षमा पुगिन्छ ! हामी दुई जना मात्र बसेर कुरा टुङ्गिन्छ भन्ने कसैलाई नलागोस् !

आजको बैठक सकेर प्रधानमन्त्री निस्कनुभएको,आफू थप छलफलका निम्ति उहाँको निवासतिर गएको तर निवासमा नभेटिएपछि फोन गर्दा म शीतल निवास आएँ,तपाईं पनि यतै आउनोस् भनी बोलाइएकोले गएको तर बाहिर होहल्ला गरिए झैं त्यहाँ पनि कुनै सहमति नभएकोसमेत उहाँको स्पस्टोक्ति छ !

टिप्पणीहरू