नेकपा विवादलाई शीतल निवासमा समाधानको प्रारुप दिइँदै

नेकपा विवादलाई शीतल निवासमा समाधानको प्रारुप दिइँदै

“मलाई सम्मानजनक जिम्मेवारी हस्तान्तरणको अवसर दिनोस्, मङ्ग्सिरमा महाधिवेशन गराएर पार्टी अध्यक्षबाट हट्छु, सरकारचाहिँ पाँचै बर्ष मै चलाउँछु” प्रधानमन्त्री केपी ओलीले यसो भनेपछि अरु नेताले लिखतमा सबै प्रतिवध्दता ल्याउनोस्, छलफल गरौंला भनी स्थितिलाई सहज बनाइदिनुभयो ।

अनि गल्ती भएको भए सुधार्ने,छिट्टै महाधिवेशन आयोजना गर्ने र सो को प्रारुप स्थायी समितिमा पेश गर्ने सहमतिमा नेकपाको सचिवालय बैठक सकेर दुई अध्यक्ष बृफिङ्गको निम्ति शीतल निवास पुग्नुभएको छ, त्यहीँ महासचिव बिष्णु पौडेल र जनार्दन शर्मालाई समेत बोलाइएको छ ।

प्रधानमन्त्रीले लामो समय बोलेको, अरुले उहाँको राजीनामा नमागेको आजको बैठक चर्काचर्की बिना सकिएको हो ।

वीचको समय एक अध्यक्षले ढुक्कसँग पार्टी चलाउने र बहालवाला प्रधानमन्त्री सरकारको काममा पूरा खटिने दुई जनावीच छुट्टै सहमति सचिवालय बस्नुअघि एक बजेदेखि शुरु वार्तामा भएको श्रोतको दावी छ ।

अध्यक्ष प्रचण्ड एक पद छाड्ने प्रस्ताव आएको र उधारो कागजमा सहि नगर्ने भन्दै खुमल्टार निवासबाट निस्कनुभएको थियो । “विवाद सल्टाउन अर्ली महाधिवेशन सम्भव छ त ?”, जनआस्थाको प्रश्नमा एक सचिवालय सदस्यले बताउनुभयो-किन नसक्नु,एमालेको नवौं महाधिवेशन डेढ महिनाको तयारीमा सम्पन्न भएको हो ।

तर,परिस्थिति यसरी भनिए झैं सजिलो चाहिँ होइन ।

टिप्पणीहरू