भयो त कमरेड, कित्ताकाट ?

भयो त कमरेड, कित्ताकाट ?

भनेको एकहप्ता हुन लाग्यो, तर अहिलेसम्म प्रधानमन्त्रीले भनेबमोजिम कुनै पनि मन्त्रीले ‘कित्ता’ स्पष्ट गरेनन् । बरु, भित्रभित्रै अनेकन साउती चलिरहेको छ ।

शनिबार बालुवाटारमा अनौपचारिक छलफलका निम्ति सबै मन्त्रीहरु बोलाइए । त्यहीँ प्रधानमन्त्रीले उत्पन्न विवादबारे भोलि आफूले ‘बाई वर्ड–बाई स्टेप’ चाल्ने कदममा साथ रहन नसक्ने मन्त्रीहरुलाई कित्ता प्रष्ट पार्न भन्नुभयो । प्रधानमन्त्री आफैँ उठेपछि बाँकी सबै मन्त्री पनि ज¥याकजुरुक्क उठे । सबभन्दा पहिला पूर्वमाओवादीतर्फका मन्त्री हिँडे । हृदयेश त्रिपाठी एकछिन बसिरहे । तर, प्रधानमन्त्रीले पूर्वएमालेतर्फका मन्त्रीहरुलाई मात्र मुन्टोले ईशारा गर्दै ‘बस्नुस्’ भन्ने शैलीमा आग्रह गर्नुभयो । त्यसपछि बल्ल हृदयेश निस्किए ।

अनि, पुल्चोकस्थित उर्जामन्त्री वर्षमान पुनको क्वार्टरमा माओवादीतर्फका मन्त्रीहरु झुरुप्प भेला भएर प्रधानमन्त्रीले भनेको कुरामा आ–आफ्नो राय दिन थाले । सबैजसोको एउटै कुरा आयो, कित्ता क्लियर गर्ने कुरा पूर्वमाओवादीसम्बद्ध मन्त्रीका लागि भनिएको होइन, पूर्वएमालेहरुकै लागि हो । एकजना मन्त्रीले भने, ‘हामी त सिएम (प्रचण्ड) को लाइनमा क्लियरै छौँ त † यो कुरा केपीले पनि नबुझेका हैनन् । कुरा बुझीबुझी हामीलाई किन फेरि कित्ता–कित्ता भन्नुप¥यो । फेरि हामी हिँडेपछि हृदयेशलाई पनि निकालेर पूर्वएमालेसँग अलग्गै बसेका छन् । कुरा यहीबाट छर्लङ्ग भएन र ?’

टिप्पणीहरू