शीतल निवासको यो सल्लाह

शीतल निवासको यो सल्लाह

यो गरिमामय ठाउँ हो, यहाँबाट अविभावकीय भूमिकाको अपेक्षा गरिन्छ । सम्माननीय रास्ट्रपतिसामु यस्तो सुझाव राखेर नेकपाका तीन शीर्ष नेता शीतल निवासबाट छुटेका छन् । हुन त मलाई पनि मुछेर हल्ला चलाएका छन् तपाईंलाई हटाएर म रास्ट्रपति बन्न लागेको तर यी सब गलत कुरा हुन्, चाहेको भए म निकै पहिले नै यहाँ पुगिसक्थेँ ।

वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो । उहाँले यो पनि थप्नुभयो-यहाँ बस्नेले फुकेर पाइला चाल्नुपर्छ, पक्षधरता देखाउन हुन्न, एकथरीको मात्रै कुरा सुन्दा सँस्था बदनाम हुनसक्छ । म भए पर्याप्त सल्लाह नगरी कुनै पनि आदेश या अध्यादेश जारी गर्दिन थिएँ ।

प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा सेनापति हटाउने प्रकरणमा सरकारको निर्णय यौटा र दलहरुको सहमतिबमोजिम रास्ट्रपतिबाट अर्को कदम चालिएको, यसबाट यौटा ठूलो दुर्घटना टरेकोवारे पनि त्यस अवसरमा चर्चा चलेको थियो । सबैका कुरा सुनेपछि रास्ट्रपतिले नेताहरुलाई सल्लाहमै चल्ने वचन दिनुभएको बताइन्छ ।

टिप्पणीहरू