गर्मीमा कमरेडहरू अँगेनो वरिपरि

गर्मीमा कमरेडहरू अँगेनो वरिपरि

नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्रीले अध्यक्ष तथा प्रधानमन्त्रीबाटै राजीनामा दिनुपर्ने आवाज चर्केपछि उत्पन्न परिस्थितिको आँकलन गर्न नेकपाका नेताहरू जमघटमा व्यस्त देखिन्छन् ।

हिजो साँझ छ बजेदेखि धोविघाट आसपासको अँगेनो रेष्टुरेण्टमा शुरु भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित हुनुहुन्छ ।

त्यसैगरी स्थायी समिति सदस्यहरू जनार्दन शर्मा, वर्षमान पुन, लिलामणि पोखरेल, रघुजी पन्त, हरिबोल गजुरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत झण्डै दुई दर्जन कमरेडहरूको पनि छलफलमा सहभागिता रहेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बालुवाटारमा पार्टीभित्र उत्पन्न पछिल्लो अवस्थाको बारेमा झण्डै छ दर्जन नेता, मन्त्री र सांसदहरूसँग छलफल गर्नुभएको थियो ।

टिप्पणीहरू