बालुवाटारमा कुराएर राष्ट्रपति भवनतिर

बालुवाटारमा कुराएर राष्ट्रपति भवनतिर

प्रधानमन्त्री केपी शर्मा ओली ११ बजेको निम्ति निर्धारित नेकपा स्थायी समितिको बैठकलाई होल्डमा राखेर शीतलनिवास पुग्नुभएको छ ।

त्यहाँबाट के–कस्तो सल्लाह गरेर फर्किनुहुने हो, प्रतिक्षाको विषय छ । यसअघि सचिवालयको बैठकमा चर्काचर्की पर्दा पनि उहाँ राष्ट्रपति भवन जानुभएको थियो । त्यतिबेला पार्टीमा झन्डै झन्डै वार कि पारको स्थिति सिर्जना भइसकेको थियो ।

शीतलनिवासबाट फर्केर मेरा गल्ती, कमजोरी छन् भने स्वीकारेर अघि बढ्न तयार छु भन्ने वचन दिनुभएपछि तत्कालका निम्ति ‘युद्धविराम’ भएको थियो ।

टिप्पणीहरू