कोरोना जाँच्न थप मेशिन

कोरोना जाँच्न थप मेशिन

सरकारले कोरोना परीक्षणका लागि पिसिआर प्रविधिलाई अझ रफ्तारमा लैजाने तयारी थालेको छ ।

पर्याप्त पिसिआर परीक्षण उपकरणको अभाव भएको भनी सर्वत्र विरोध भइरहँदा सरकारले अहिले ८ देखि १० वटासम्म डिएनए र आरएनए किट खरिद गर्ने भएको छ । यसले पिसिआर परीक्षणको रफ्तार बढाउँछ ।

स्वास्थ्य मन्त्रालयका एक विज्ञका अनुसार उक्त मेसिन आएपछि दिनमा १० हजारको पिसिआर परीक्षणको नतिजा आउँछ ।

अहिले दैनिक ६ हजारसम्मको परीक्षण नतिजा आउने अवस्था छ ।

त्यसको कारण हो, उपलब्ध सबै उपकरण मेनुवल, अर्थात् हातले चलाउनुपर्ने छन् ।

नयाँ उपकरण आएपछि सबै मेसिनले नै रिड गर्छ र परिणाम दिन्छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेण्डर आह्वान गरिसकेको छ ।

टिप्पणीहरू