संसारका सुन्दरीहरुको सरकार

संसारका सुन्दरीहरुको सरकार

कोरोनाले विश्व आक्रान्त हुँदा पनि युरोपको फिनल्याण्ड यो वर्षसमेत सबैभन्दा खुशी राष्ट्र बनेको छ । पछिल्लो तीन वर्षदेखि ऊ विश्वको सबैभन्दा धेरै खुशी देश हो । त्यहि देशमा विश्वकै सबैभन्दा युवा सुन्दरीहरूको बाहुल्य रहेको मन्त्रीमण्डल समेत छ ।

३४ वर्षिया सान्ना मरिन प्रधानमन्त्री हुन् । त्यसैगरी ३२ वर्षकी लि एण्डरसन शिक्षामन्त्री छिन् । मरिनको क्याबिनेटकी अर्थमन्त्री कट्री कुलमुनी पनि भर्खर ३२ वर्षकी हुन् । अर्की सुन्दरी ३४ वर्षकी मारिया ओहिसलोले गृह मन्त्रालय चलाउँछिन् !

नेपालमा पनि एकताका राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश एकैचोटी महिला नै थिए । यस्तो अवसर विश्वका थोरै मुलुकले बिरलै पाउने गर्छन् । फिनल्याण्डको मन्तृमण्डलमा प्रधानमन्त्रीदेखि निकै महत्वपूर्ण मानिने गृह, अर्थ र शिक्षा मन्त्रालयको नेतृत्व नै भर्खरका सुन्दरीहरूले गर्नु अर्को रोचक संयोग पनि हो ।

टिप्पणीहरू