१ गतेदेखि कार्यालय खुल्ला, बाइकमा एक्लै गुड्न छुट

१ गतेदेखि कार्यालय खुल्ला, बाइकमा एक्लै गुड्न छुट

निजी चार पाँग्रेमा चालकसहित बढीमा तीनजनाले मात्र यात्रा गर्न पाउनेछन् भने दुई पाँग्रेमा चालक मात्र बस्न पाउनेछन् । पैदल यात्रीले पनि अब आवश्यक सजगता अपनाएर सडकमा हिँड्न पाउनेछन् ।

हिजो राती अबेरसम्म बालुवाटारमा बसेको क्याबिनेट बैठकको मुख्य एजेण्डा लकडाउन खुकुलो बनाउने मोडालिटीमा केन्द्रित थियो । एकातिर कोरोना संक्रमितको संख्या डँढेलो झैँ फैलिइरहेको र अर्कोतर्फ सर्वसाधारणको चुलो चौको नै बन्द भएको अवस्थामा लकडाउनलाई कसरी खुकुलो बनाउने भन्ने अप्ठेरोमा सरकार पर्दै आएकै हो ।

हिजोको बैठकले असार १ गतेदेखि सामाजिक दूरी र सुरक्षाको उपाय कायम गरी सरकारी निकाय तथा कार्यालय सबै खुल्ला गर्ने निर्णय गरेको छ । त्यसैगरी,साना तथा मझौला पसल खुलाउन र जोर बिजोरको आधारमा निजी सवारी साधन पनि चल्न दिने बताइएको छ । निजी चार पाँग्रेमा चालकसहित बढीमा तीनजनाले मात्र यात्रा गर्न पाउनेछन् भने दुई पाँग्रेमा चालक मात्र बस्न पाउनेछन् । पैदल यात्रीले पनि अब आवश्यक सजगता अपनाएर सडकमा हिँड्न पाउनेछन् ।

स्थगित एसईई परीक्षा रद्द गरी सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीको नतिजा प्रकाशन गर्ने पनि बैठकको निर्णय छ । परिस्थितिको विश्लेषण गरेर सरकारले लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै लैजाने छ ।

बैठकमा आदित्यनाथको चर्चा

सचिवको सरुवालगायतका विषयमा सामान्य छलफल भएपछि बैठकको अन्ततिर प्रधानमन्त्रीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘बढी कुरा’ गरेको धारणा राख्नुभएको थियो ।

टिप्पणीहरू