भारतमा कथाको भरमार

भारतमा कथाको भरमार

अहिले भारतमा हल्लिखल्ली शुरु भएको छ, नेपाललाई कोरोनामुक्त बनाउन चीनले स्वास्थ्य उपकरण, औषधीसहित ठूलो मात्रामा चिकित्सकको टोली पठायो ।

त्यहाँको धेरै पढिने अखबार ‘दि हिन्दू’ मा यस्तो समाचार आउँदा  यता नेपालमा भने कुनै अत्तोपत्तो छैन । भारतमा भने यही कुरालाई लिएर रुवाबासी शुरु भइसक्यो ।

नेपाल मामिलामा दखल राख्ने पत्रकार सुहासिनी हैदरले आफ्नै बाइलाइनमा यस्तो समाचार लेखेकी हुन्, नेकपाको पारिवारिक स्रोतलाई हवाला दिँदै ।

जनआस्थाले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा यसबारे बुझ्दा चीनले पहिल्यै दिने भनेको अत्यावश्यक स्वास्थ्यबाहेक अरु कुनै सहयोग, भूमिका नभएको बताइयो !

टिप्पणीहरू