जिउँदासँगै मर्नेहरुको पनि ताँती

जिउँदासँगै मर्नेहरुको पनि ताँती

अर्को साता काठमाडौंमा विदेशबाट लाखौँ जिउँदा मानिससँगै केही सय थान पार्थिव शरीर पनि अवतरण हुने निश्चित भएको छ ।

अबको एक हप्तामा ती नेपाली आइपुग्छन् । त्यसपछिमात्रै युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडा, कोरिया, जापानजस्ता देशबाट नेपाली ल्याइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनलाई खबर आएको छ कि, मध्यपूर्वबाट अहिले १० लाख  भन्दा बढी नेपालीले फर्किनका लागि आवेदन गरिसकेका छन् । त्यसमध्ये १ सय ४१ वटा त शवमात्रै छन् । पाँचदेखि एक महिनाभित्र निधन भएर अन्त्येष्ठि हुन नसकेका शवहरु पहिलो उडानबाटै नेपाल ल्याइने भएको छ ।  

मध्यपूर्वी (खाडी) मा रहेका नेपालीलाई पहिलो चरणमा स्वदेश अवतरण गराउने सरकारको योजनाअनुसार ती देशमा रहेका नेपालीलाई निर्धारित मापदण्ड पूरा भएमा आवेदन गर्न सम्बन्धित दूतावासले अपिल गरिसकेका छन् ।
अहिले खाडीका सबैजसो कम्पनीहरु बन्द छन् । कामदार बेतलबी बिदामा छन् ।

आवासीय काममा गएका नेपालीले खानसम्म पाएका छन् । तर, डेरा बसेर काममा जानुपर्ने नेपालीलाई खानपिनकै समस्या देखिएको छ । भन्न त दूतावासहरुले अति जरुरी काम भएमात्र नेपाल लगिने भनेको छ । स्वदेशमा अरु जरुरी काम नभए पनि खान पाइने कुरा नै त्यहाँका नेपालीलाई जरुरी हुने स्थिति छ ।
ती नेपाली यता अवतरण भएलगत्तै प्रदेश–प्रदेशका अलग–अलग होल्डिङ एरियामा राखिन्छ ।

विमानस्थल होल्डिङ एरियालाई सेनाले व्यवस्थापन गर्ने गरी सरकारले निर्णय गरेको छ । तर, सेनाले त्यस कामलाई सहज बनाउन सम्बन्धित प्रदेशका जिम्मेवार व्यक्तिहरु अग्रसर हुनुपर्ने सुझाव दिएको छ ।

टिप्पणीहरू