सिमाना भद्रगोल, समन्वयमा समस्या

सिमाना भद्रगोल, समन्वयमा समस्या

९८ हजार मानिस त गत साता मात्रै छिरेका छन् तर सरकारले यो विवरण लुकाइरहेको छ ।

क्वारेन्टाइन व्यवस्थापनका लागि अहिलेसम्म सुरक्षानिकायबाहेक अरुको उपस्थिति र सहभागितामा समस्या छ ।

क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको स्वास्थ्यस्थिति जाँच्ने, रिपोर्ट निकाल्नेजस्ता कामका लागि पर्याप्त स्वास्थ्यकर्मी अहिले नै छैनन्, विदेशका नेपाली आएपछि यो व्यवस्थापन के हुन्छ ? सरकारले केही भनेको छैन । अर्को दुःखको कुरा , भारतीय सीमा अनियन्त्रित भयो ।

९८ हजार मानिस त गत सातामात्रै छिरेका छन् तर सरकारले यो विवरण लुकाइरहेको छ ।

त्यसमाथि सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा आधारभूत सुविधासम्म नदिने कारण फर्किएका मान्छेहरु नबस्ने,भाग्ने क्रम चलेको छ ।

परीक्षणको पीर

अर्को समस्या हो परीक्षणको दायरा नबढ्नु । सरकार अझै आरडिटी परीक्षणमै अल्मलिएको छ । र, विभिन्न देशबाट आइरहेका चार्टर्ड जहाजले पनि आरडिटी किट नै बोकिरहेका छन् । आरडिटीले पोजेटिभ देखाए पनि, नेगेटिभ देखाए पनि पिसिआर परीक्षण नगरी हुँदैन । त्यसैले आरडिटी रोकेर पिसिआर परीक्षणलाई तीव्रता दिन उठिरहेको मागप्रति सरकारले जति बेवास्ता गर्छ, कोरोना संक्रमणले देशलाई त्यति नै भयावह अवस्थामा दोहोर्‍याउने स्वास्थ्यकर्मीहरुले नै बताउन थालेका छन् ।

पन्छिने प्रबृत्ति

कोरोना संक्रमण व्यवस्थापनका सबै विषयमा विभिन्न तह, निकाय र संस्थाहरुको काम तोकिएको छ । तर, सबै पन्छिँदा सुरक्षानिकायहरुले दुःख पाइरहेका छन् । स्थानीय तहहरु क्वारेन्टाइन व्यवस्थापनका लागि पैसा नपुगेर कराइरहेका छन् ।

जिल्ला–जिल्लाका क्वारेन्टाइन व्यवस्थापनको जिम्मेवारी सम्बन्धित जिल्लाका सहायक सिडिओहरुको हो । तर, उनीहरु भेटिँदैनन्, सेना, प्रहरी र सशस्त्र दौडिनुपर्ने अवस्था छ ।

टिप्पणीहरू