कार्यसूचीबाट हट्यो संविधान संशोधन प्रस्ताव

कार्यसूचीबाट हट्यो संविधान संशोधन प्रस्ताव

संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको छ । हिजो बालुवाटारमा बसेको सर्वदलीय बैठकको निर्णयलाई आधार मान्दै आज कार्यसूचीबाट हटाइएको बताइएको छ ।

हिजोको बैठकमा नेपाली काँग्रेसले उक्त प्रस्तावमाथि आफनो केन्द्रीय समितिमा थप छलफल गर्नुपर्ने जानकारी गराएपछि कार्यसूचीबाट हटाइएको प्रचार गरिएको छ । तर, वास्तविकता भने झन् रहस्यमय बन्दै गएको छ ।

नेपाली काँग्रेसको पदाधिकारी बैठकले अतिक्रमित भूमि फिर्ता गर्ने सरकारको निर्णयलाई स्वागत गरेको थियो । उसले नयाँ नक्साबमोजिम संविधानको अनुसूचीमा रहेको निशान छाप संशोधनको प्रस्ताव पारित गर्ने निर्णय पनि सोही पदाधिकारी बैठकबाटै गरेको हो  ।

तर, हिजोको सर्वदलीय बैठकमा अध्यक्ष देउवाले संविधान संशोधनको प्रस्ताव पार्टीको केन्द्रीय समितिमा थप छलफल र निर्णयपछि मात्र गर्नुपर्ने बताएका थिए । नेपालमा कोही पार्टी यस्ता छन् जो अझ बिस्तृतमा आन्तरिक छलफल गरौं भन्छन् अनि कोही पार्टी यस्ता पनि छन् जो बैठकको नामै सुन्दा तर्सन्छन् !

टिप्पणीहरू