प्रभू
प्रधानमन्त्री कार्यालयबाट हटाइदिनोस् न प्रभू !
काम कम, चाकडी बढी, त्यसैले बिग्रिएको छ, सार्वजनिक प्रशासन । यही चाकडी कला नजान्दा पिल्सिएको बबुरो हुँ म । सार्वजनिक सेवामा पाइला राखेको साढे तीन दशकभन्दा बढी भयो । जीवनका २७ वर्ष त स्थानीय तहमै रहेर बिताएँ । बाध्यताको माखेसाङ्लोमा परेर केही महिनादेखि सिंहदरबारमा कार्यरत छु तर मलाई गाउँमै बसेर सेवा गर्ने रहर छ । सिंहदरबार त पहुँच हुनेहरूको थलो हो । मलाई भुइँमान्छेको सेवा गर्ने रहर छ । दैनिक ५३ किमी यात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आउजाउ गरिरहेको छु…