युनेस्को

यतातिर नेपाल झन् कमजोर, भारतले सक्यो, हामी रित्तै

फ्रान्सको राजधानी पेरिसमा जारी  युनेस्कोको वार्षिक बैठकमा प्रस्तुत नेपालको तिलौराकोटलाई विश्व सम्पदासूचीमा पार्ने एजेण्डाले मूर्तरुप लिन लागेको खबर हिजो बाहिरिए पनि आज अवस्था फेरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को इन्टरनेशनल काउन्सिल अन मोनुमेन्ट्स एण्ड साइट्स (आइसिएमएस) सिफारिस समितिले तिलौराकोटलाई सूचीकृत गर्न नेपाल सरकारलाई सात बुँदे निर्देशन दिए पनि त्यसलाई साकार बनाउन त्यति सजिलो नभएको सरकारी अधिकारीहरुले जनाएका छन्…