वाईसिएल

भर्खरै तेस्रो राष्ट्रिय सम्मेलन सकेको वाईसिएलमा किचलो

नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) भित्र किचलो शुरु भएको छ । नेताहरुले मनोमानी ढंगले संगठनको पदाधिकारी र केन्द्रीय सदस्य घोषणा गरेपछि कर्णाली प्रदेशको ६ जिल्लाका ईञ्चार्जले सामूहिक विरोध जनाएका छन् । गत जेठ १८ देखि २० गतेसम्म राजधानीको प्रज्ञा भवनमा वाईसिएलको तेस्रो राष्ट्रिय सम्मेलन भएको थियो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मेलन उद्घाटन गरेका थिए ।  सम्मेलनले ३५ पदाधिकारी र २५१ केन्द्रीय सदस्य सर्वसम्मत पास …