भूकम्प

भूकम्पका भयावह ती भागदौड

– सुदन थापा कात्तिक १७ गते शुक्रबार मध्यराति भूकम्प आउँदा म दाङको घोराहीस्थित आफ्नै डेरामा थिएँ । भूकम्पको धक्का ठूलै थियो सायद । ब्युँझेपछि झन् डर लाग्यो । मनमनै लागिरहेको थियो, कतै न कतै यो भूकम्पले केही त पक्कै गर्छ ।  केहीबेरपछि खबरहरूले सामाजिक सञ्जाल भरिन थाल्यो । निद्रा लाग्नै कुरै भएन, मोबाइल हेर्दै जाँदा जाजरकोट र रुकुमतिरका खबरहरू छपक्कै थिए । घरतिर फोन गरें, धन्न पूर्वी रुकुमतिर केही भएको रहेनछ, ती खबर पश्चिम रुकुम र भेरीपारि जाजरकोटतिरका थ…