७.८ रेक्टरस्केलको भुकम्पलगत्तै ६.७ र ५.६ रेक्टरस्केलका पराकम्प

७.८ रेक्टरस्केलको भुकम्पलगत्तै ६.७ र ५.६ रेक्टरस्केलका पराकम्प

आज बिहान टर्की र सिरियाको सीमाना नजिकै गएको शक्तिशाली भूकम्पमा धेरैको ज्यान गएको छ । घरलगायत धेरै भौतिक साधनमा क्षति पुगेको बताइएको छ ।

बिहानको ७.८ रेक्टरस्केलको भूकम्पमा दुबै मुलकमा गरेर झण्डै पाँच सय जनाको ज्यान गएको थियो भने थुप्र्रै भवन भत्किएका छन् । उक्त भूकम्प नजिकैका लेबनान लगायतका मुलुकमा समेत महशुस गरिएको थियो ।

भूकम्पले भत्काएका भवनको भग्नावशेषमा धेरै जना रहेको आशंका छ । सिरियामा सरकारविरोधी समूहले सन् २०११ देखि मच्चाएको रक्तपातपूर्ण विद्रोहका कारण भूकम्पछि सर्वसाधारण दोहोरो मारमा परेका छन् ।

टर्कीमा आज बिहान गएको भूकम्प झण्डै ८० वर्षपछिको शक्तिशाली र विनाशकारी हो । सन् १९३९ मा सोही रेक्टरस्केलको भुईंचालोमा ३० हजारभन्दा बढीको ज्यान गएको थियो । पछिल्लो २५ वर्षमा मात्रै टर्कीमा ७ रेक्टरस्केलभन्दा माथिका ७ वटा भूकम्प गइसकेको छ ।

अत्यधिक हिउँ परिरहेको क्षेत्रमा गएको भूईंचालोको उद्धारमा कठिनाई भएको बताइन्छ । पहिलो भूकम्प गएको ११ मीनेटपछि सोही क्षेत्रमा ६.७ रेक्टरस्केलको अर्को पराकम्प गएको थियो । १९ मीनेटपछि ५.६ रेक्टरस्केलको पनि गएको छ ।

 

टिप्पणीहरू