अस्तिको भूकम्प अध्ययन गर्न टोली जाजरकोटमा
जाजरकोटमा अस्ति राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान थालिएको छ । उक्त कार्यको निम्ति भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँ पुगेको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसहितको टोली हिजो त्यहाँ गएको हो । टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने छ । त्यसमा भूकम्पको गहिराई, दिशा, त्यसले पारेको असरलगायत छन् ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर अस्ति राति पौने १२ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसपछि धेरै वटा परकम्प गइसकेको छ । भूकम्पमा १५७ जनाको ज्यान गइसकेको छ भने दुई सय हाराहारीमा घाइते भएका छन् । ठूलो भौतिक क्षति पनि भएको छ ।
टिप्पणीहरू