सूर्यविनायक नगरपालिका

कर्मचारीका कारण राजश्व गुमाउँदै सूर्यविनायक नगरपालिका

कुनैपनि व्यापार व्यवसाय सञ्चालन गर्नपूर्व अनिवार्य दर्ता गर्नुपर्छ । स्थानीय पालिकामा आफ्नो व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न पाइन्छ । तर, फितलो नियमनका कारण अधिकांश पालिकामा दर्ताबेगर व्यापार व्यवसाय चलिरहेको छ । जसको एउटा नमूना हो, भक्तपुरको सूर्यविनायक नगरपालिका । नगरपालिकाभित्रका अधिकांश पसल दर्ता नै छैनन् ।  दर्ता नगरी व्यापार व्यवसाय सञ्चालन भइरहँदा नगरपालिका अनुगमन गर्नुको साटो हात बाँधेर बसेको देखिन्छ । गत माघ १४ गतेबाट नगरपालिका आफ्नै भवनमा सरेको छ । वडा न…