भंगालमा विद्यालाई भेट्नेको लर्को
असार १४ गते काठमाडौँको राष्ट्रिय सभागृहबाट एमालेको सक्रिय राजनीतिमा पुनः फर्कने उद्घोष गरेकी विद्या भण्डारीको निवास भंगाल (बूढानीलकण्ठ) जानेको लर्को छ । एक नेताका अनुसार ‘केपी ओलीका खास पात्रहरू समेतलाई त्यहाँ देख्दा छक्क परेँ । उनीहरू केपी ओली देखि वाक्क भएर आएका हुन् कि, विद्याको कुरा नाडी छाम्न आएका हुन्, मैले त छुट्याउनै सकिन !’
ती नेताका अनुसार विद्याले धैर्यताको साथ कुरा सुन्ने र अत्यन्तै कम बोल्ने, कसैको विरोध गर्नुहुँदो रहेनछ । मैले समय मागेक…