अवसरबाट वञ्चितहरु बटुल्दै भीम रावल
नेकपा (एमाले) बाट निष्कासित भएपछि मातृभूमि जागरण अभियान, नेपाल चलाएका भीम रावल यतिखेर देश दौडाहामा छन् । संगठन निर्माणका लागि विभिन्न जिल्ला धाइरहेका उनी पार्टी घोषणाको तयारीमा छन् । देशभक्तिपूर्ण राजनीतिक शक्ति निर्माण गर्ने योजनामा रहेका उनले आफ्नो गृहजिल्ला अछामसहित विभिन्न जिल्लाको भ्रमण गरिसकेका छन् ।
उनी जेठ ८ गतेदेखि २३ गतेसम्म अछामसहित नवलपरासी, दाङ, बाँके, कैलाली, डोटी र चितवन पुगे । त्यहाँ उनले विभिन्न पार्टीबाट निष्कासनमा परेका र पार्टीमा निष्क्रिय बनाइएका …