एमालेमा धमाधम कित्ताकाट
नेकपा एमालेको ११ औँ महाधिवेशनको मिति नजिकिंदै जाँदा कित्ताकाट तीब्र हुँदैछ ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानलवद्ध प्रतिष्पर्धा हुने निश्चित भएसँगै नेता-कार्यकर्ताले धमाधम कित्ता क्लियर गर्न थालेका हुन् । दुवै पक्षका समर्थकले प्रचार प्रसारसमेत व्यापक बनाएका छन् ।
एमालेमा नयाँ नेतृत्व चयनका लागि मङ्सिर २७–२९ सम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । तेस्रो कार्यकाल अध्यक्ष हुने तयारीमा रहेका ओलीलाई काउन्टर दिँदै पोखरेलले उम्मेद…