कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुक्यो
सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघि रोक्का गरिएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने घोषणा गर्नुभएको छ ।
यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको उहाँले बताउनुभयो । साथै, घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरपालिकाबाट वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने सरकारको भनाइ छ ।
टिप्पणीहरू